ओप्पो रेनो ३ ए सार्वजनिक, रेनाे ३ ए सिरिजकाे सबैभन्दा सस्ताे फाेन

GadgetFrame 1 Jul, 2020

काठमाडौं । ओप्पोले आफ्नो रेनो ३ सिरिजमा नयाँ स्मार्टफोन थपेको छ । रेना ३ सिरिजमा ओप्पोले ओप्पो रेनो ३ ए थपेको हो । यस सिरिजमा रेनो ३, रेनो ३ प्रो र रेनो ३ योथ एडिसन जस्तो चर्चित स्मार्टफोनहरु रहेको छन् । यसको जापानी बजार मुल्य ३९ हजार ८ सय ऐन रहेको छ जसलाई नेपाली रुपैयांमा रुपान्तरण गर्दा ४४ हजार ८ सय पर्दछ ।

ओप्पो रेना ३ सिरिजको मध्य स्तारको फोन हो ओप्पो रेना ३ ए । यो सस्तो भएकोले यो धेरैको बजेटमा पर्दछ । रेना ३ सिरिजको सबैभन्दा सस्तो फोन यही हो । ओप्पोको सस्तो मुल्य र राम्रो फिचर भएको यस फोनले पक्कै पनि स्मार्टफोन बजारमा आफ्नो उपस्थिती देखाउन

डिजाईन र डिस्प्ले

ओप्पो रेनो ए ३ मा २४००x१०८० पिक्सल रिजोलुसन भएको ६.४४ ईन्चको फुल एचडी अर्गनिक ईएल डिस्प्ले प्रयोग गरिएको छ । यसमा सुरक्षाको लागि कोर्निङ गोरिला ग्लास ५ प्रयोग गरिएको छ ।

क्यामरा

ओप्पो रेना ३ ए को क्यामराको कुरा गर्नुपर्दा यसको पछाडि भागमा ४८ मेगापिक्सलको प्राईमेरी कयामरा रेहेको छ । यसका साथै यसमा ८ मेगापिक्सलको अल्ट्रा वाईड ए्ंगल लेन्स, २ मेगापिक्सलको डेप्थ सेन्सर र २ मेगापिक्सलको म्याक्रो लेन्स रहेको छ । यसको अगाडि भागमा १६ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ ।

पर्फमेन्स

ओप्पो रेना ३ मा क्वालकम स्नयापड्रागन ६६५ प्रोसेसरका प्रयोग गरिएको छ । यो ६ जिबि र्याम १२८ जिबि ईन्टरनल स्टोरेज उपल्ब्ध छ जसलाई मेमोरी कार्ड प्रयोग गरेर २५६ जिबिसम्म बढाउन सकिन्छ ।

ब्याट्रि

ओप्पो रेना ए ३ मा ४०२५ एमएएचको ब्याट्रि प्रयोग गरिएको छ । यो कालो र सेतो दुई रंगमा पाईन्छ ।

ओप्पो रेना ए ३ काे विशेपताहरु

    • Display: a 6.44-inch Full HD+ organic EL display with a resolution of 2400×1080 pixels 
    • Processor: Qualcomm Snapdragon 665
    • Memory: 6GB RAM with an internal storage of 128GB that is expandable up to 256GB via a MicroSD card slot.
    • Software: Color OS 7.1 based on Android 10 out of the box 
    • Rear Camera: Quad Camera Setup
    • Main: 48MP (F/1.7)
    • Ultra-Wide: 8MP (F/2.2), 119° FOV
    • Depth: 2MP (F/2.4)
    • Macro: 2MP (F/2.4)
    • Front Camera: 16MP Camera lens.
    • Battery: 4025mAh battery along with the quick charge support
    • Colors: Black and White
    • Sensors:  Magnetic sensor, Proximity sensor, Light sensor, Accelerometer, Gyro sensor, Supports step count function
    • Connectivity: WiFi 802.11 a/b/g/n/ac, Bluetooth 5.0, GPS/GLONASS/Beidou/NFC, USB Type-C, 3.5mmAudioJack
    • Price in Nepal: Rs. 46,999 (Expected)

नेपाली बजार मुल्य

हालको लागि ओप्पो रेना ३ ए जापानमा उपल्ब्ध छ र यसको मुल्य ३९ हजार ९ सय येन रहेको छ । यसको अनुमानित नेपाली बजार मुल्य ४६ हजार ९ सय ९९ रुपैंया रहेको छ । ओप्पो रेना ३ सिरिजको सबैभन्दा सस्तो यस फोन किन्न के तपाई उत्साहित हुनुहुन्छ ?

रेनाे ओप्पो मुल्यसुची मुल्य विवरण

Post Comments