• News
  • हुवावे पि ४० लाईट सार्वजनिक, फाईभजि चल्ने सस्तो स्मार्टफोन

हुवावे पि ४० लाईट सार्वजनिक, फाईभजि चल्ने सस्तो स्मार्टफोन

GadgetFrame 21 May, 2020

काठमाडौं । हुवावेले अन्त्यत आफ्नो हालको सबैभन्दा नयाँ स्मार्टफोन हुवावे पि ४० लाईट लाई आधिकारीक रुपमा सार्वजनिक गरेको छ । यो फोन बिक्रि वितरणको लागि बजारमा यही मे २८ देखि जाने बताईएको छ ।

कस्तो छ त हुवावे पि ४० लाईट ?

केही महिना अगाडी हुवावेले आफ्नो पि ४० को सिरिज सुरु गरेको थियो । यो सिरिजको सबै फोनहरुमा फल्यागसिपको ट्याग रहेको छ अर्थात उनीहरु हुवावे महत्वपुर्ण उत्पादन मध्येको एक हो । त्यसमा हुवावे पि ४० प्रो सबैभन्दा महँगो र आर्कषक फोन रहेको थियो । पि ४० को अझ राम्रो भर्सन हो पि ४० प्रो । यो सबै फोनहरुको हार्डवेयर, क्यामरा निकै राम्रो र मुल्य पनि निकै महँगो रहेको छ ।

त्यसैले अहिले सबैको बजेटमा पर्नेगरी हुवावेले पि ४० लाईट बजारमा लिएर आएको हो । यसको मुख्य फिचर भनेको ६.५ ईन्चको एफएचडि पन्च होल डिस्प्ले, किरिन ८२० फाईभजि चिपसेट, क्यामरा र छिटो चार्ज हुने क्षमता रहेको छ ।

डिस्प्ले र डिजाईन

पि ४० लाईट फाईभजि हुवावेको हेर्दा निकै आर्कषक देखिने फोन मध्ये एक हो । यसको अगाडी भागमा ६.५ ईन्चको एलटिपिइस आईपिएस एलसिडी डिस्प्ले प्यानल रहेको छ । यसको रिजोलुसन १०८०*२४०० पिक्सल रहेको छ । यसमा प्रयोग भएको डिस्प्ललाई राम्रो मानिन्छ तर यो आमोलेड र ओलेड प्यानल भन्दा राम्रो भने होईन । 

यसले एचडिआर १० कन्टेन्टलाई पनि सर्पोट गर्दछ । यसको डिस्पलेमा पन्च होल सहितको १६ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ । 

चिपसेट र पर्फमेन्स

हुवावे पि ४० लाईटलाई अझ राम्रो बनाउन हाईसिफकन किरिन ८२० फाईभजि चिपसेट प्रयोग गरिएको छ । यो चिपसेटलो फाईभजि चल्नलाई सहयोग पुराउँदछ । योसँगै यसमा माली जि ५७ जिपयिुको पनि प्रयोग गरिएको छ । किरिन चिपसेट पुरानो भएकोले यसले हामीले अपेक्षा गरे जस्तो धेरै राम्रो काम नर्गन सक्छ । यद्यपी यसले हामीले स्मार्टफोनबाट अपेक्षा गरेको सामान्य कामहरु भने राम्रोसँग काम गर्दछ र यसमा भिडियो गेम पनि राम्रोसँग नै खेल्न सकिन्छ ।

उच्च ग्राफिक ईन्टेन्सिभ गेमिङ र एपहरु चलाउँदा भने यसमा केही समस्या आउन सक्छ । यो ६ जिबि र्याम र १२८ ईन्टरनल स्टोरेज सहित उपल्ब्ध छ । यसमा नानो मेमोरी कार्ड प्रयोग गरेर पनि स्टोरेज पनि बढाउन पनि सकिन्छ ।

क्यामरा

हामीले हुवावे पि ४० सिरिजमा देख्ने सबैभन्दा राम्रो प्रगति भनेको यसको क्यामराको पाटोमा हो । यद्यपी पि ४० लाईटको क्यामरा पि ४०, पि ४० प्रो र पि ४० प्रो प्लसको दाँजोमा केही कमजोर भने छ ।

यसमा पन्च होल सहितको १६ मेगापिक्सल सेल्फी क्यामरा रहेको छ । यस्तै यसको पछाडी भागमा चारवटा क्यामरा रहेको छ । यसमा ६४ मेगापिक्सलको प्राईमेरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रावाईड सेन्सर, २ मेगापिक्सलको डेप्थ सेन्सर र २ मेगापिक्सलको म्याक्रो लेन्स रहेको छ ।

हुवावे पि ४० लाईटकाे विशेषता :

  • Display: 6.5-inch LTPS IPS LCD panel with 1080x2400 pixels resolution
  • Camera: Total Five Cameras
    • Rear Camera
    • 64MP f/1.8 lens, PDAF
    • 8 MP Ultra-wide-angle lens with f/2.4 aperture
    • 2MP macro lens
    • 2MP depth sensor
    • Front Camera: 16 MP camera f/2.0 aperture 
  • Processor: Octa-core HiSilicon Kirin 820 5G chipset
  • GPU: Mali-G57
  • RAM: 6 GB
  • Storage: 128GB, expandable via Nano memory up to 256 GB
  • OS: Android 10; with EMUI 10.1 on top (No Google Play Service)
  • Battery: 4000 mAh, 40-W SuperCharge, supports 5W Reverse Wireless Charging
  • Sensors: Fingerprint (side-mounted), accelerometer, gyro, proximity, compass, color spectrum

 

ब्याट्रि

यसमा ४००० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ जसले ४० वाटको चार्जिङ गतिलाई सर्पोट गर्दछ । करिब ३० मिनेटमा यस फोन ७० प्रतिशत चार्ज हुने हुवावे दाबी गर्दछ ।

नेपाली बजार मुल्य

हुवावे पि ४० प्रो लाईट २८ मे मा बजारमा जाने बताईएको छ । यसको मुल्य ३९९ युरो तोकिएको अर्थात यसको नेपाली बजार मुल्य करिब ५२ हजार ९ सय ९० हुने अनुमान गरिएको छ । यो २०२० फाईभजि चल्ने सबैभन्दा सस्तो फोन मध्ये एक हो । यसको मुल्य अनुसार रियलमि एक्स ५० एम, ओप्पो ए ५२, ग्यालेक्सी ए क्वान्टमको बजार सेयरसँग प्रतिस्प्र्धा गर्ने देखिन्छ ।

 

Huawei मुल्यसुची मुल्य विवरण हुवावे

Post Comments