• News
  • हनर एक्स १० फाईभजि सार्वजनिक, २०२० को सबैभन्दा सस्तो फाईभजि स्मार्टफोन

हनर एक्स १० फाईभजि सार्वजनिक, २०२० को सबैभन्दा सस्तो फाईभजि स्मार्टफोन

GadgetFrame 25 May, 2020

काठमाडौं । बजार विभिन्न फिचर भएको स्मार्टफोन ल्याउँदै आएको हनरले भर्खरै अपग्रेडेड हनर एक्स १० फाईभजि (Honor 1X10 5G) सार्वजनिक गरेकाे छ । हनर ९ एक्स चीनमा २०१९ मा सार्वजनिक गरिएको थियो । नेपालमा भने २०२० को सुरुवातमा यसलाई आधिकारीक रुपमा सार्वजनिक गरिएको थियो । यस्तै कम्पनिले  हनर एक्स १० फाईभजिलाई विश्वव्यापि रुपमा मे २६ मा सार्वजनिक हुने अनुमान गरिएको छ ।

कस्तो छ त हनर १० एक्स फाईभजि ?

हनर एक्स १० फाईभजिको डिजाईन हनर ९ एक्स जस्तै रहेको छ तर यसको फिचरहरु भने निकै राम्रो रहेको छ । एक्स १० फाईभजिको मुख्य फिचर भनेको यसको ६ं.६३ ईन्चको एफएचडी प्यानल (6.63-inch FHD panel), किरिन ८२० फाईभजि चिपसेट(Kirin 820 5G chipset), ९० हर्जको रिफेश रेट(90 Hz refresh rate) र क्यामरा रहेको छ । यो विशेषतसँगै पो फोन सबैको बजेटमा पर्ने हुनाले पनि यसले नेपाली बजारमा राम्रै स्थान बनाउने देखिन्छ ।

डिस्प्ले र डिजाईन

हनर १० एक्स फाईभजिमा सबैभन्दा पहिला प्रयोगकर्ताहरुको ध्यान यसको फुल ऐज टु ऐज डिस्प्लेमा जानेछ जुनै निकै नै आर्कषक रहेको छ । यसमा ६.६३ ईन्चको एलटिपिएस आईपिएस एलसिडी प्यानल (6.63- inch LTPS IPS LCD) प्रयोग गरिएको छ जसको रिजोलुसन १०८०*२४०० पिक्सल रहेको छ । यसमा प्रयोग भएको डिस्प्ले राम्रो भएता पनि यो आमोलेड र ओलेड डिस्प्ले जस्ताे राम्रो भने होईन । यो निलो, कालो, सुन्तला रंग र चाँदिको रंग गरेर चार भिन्न रंगमा उपल्ब्ध हुनेछ ।

प्रोसेसर र चिपसेट

यसमा मध्यम वर्गकाे राम्रो चिपसेटमा गनिने किरिन ८२० फाईभजि चिपसेट(Kirin 820 5G Chipset) प्रयोग गरिएको छ । यसको ८ प्रोसेसरमध्य  चार उच्च गतिको काम गर्ने कोरटेक्स ए ७६ (Cortex-A76) र चार निम्न गतिकाे कोरटेक्स ए ५५ (Cortex-A55) चिप प्रयोग गरिएको छ । साथै मालि जि ५७ काे ६ वटा प्रोसेसिङ युनिटकाे जिपियु(Mali-G57 six-core GPU) को सहयोगले यसमा मज्जाले ईन्टरनेट चलाउन, भिडियो गेम खेल्ने जस्ता कामहरु बिना कुनै समस्या गर्ने सकिन्छ । यति मात्र होईन यसमा उच्च ग्राफिक भएका एपसहरु र गेमहरु पनि प्रयोग गर्न सकिन्छ ।

यो ६ जिबि र्याम-६४ जिबि ईन्टरनल स्टोरेज, ६ जिबि र्याम-१२८ जिबि ईन्टरनल स्टोरेज र ८ जिबि र्याम-१२८ जिबि ईन्टरनल स्टोरेज सहित उपल्ब्ध रहेको छ ।

क्यामरा

हनर १० एक्स फाईभजिको पछाडी भागमा तीन वटा क्यामरा रहेको छ । यसको प्राईमेरी क्यामरा ४० मेगापिक्सल, अल्ट्रावाईड लेन्स ८ मेगापिक्सल र डेप्थ सेन्सर क्यामरा २ मेगापिक्सलको रहेको छ ।

यसमा १६ मेगापिक्सलको सेल्फी पप अप क्यामरा रहेको छ । यसले ३० एफपिएसमा ४ के सम्मको भिडियो रेर्कड गर्न सक्छ ।

ब्याट्रि

हनर एक्स १० फाईभजिमा ४३०० एमएएचको ब्याट्रि प्रयोग गरिएको छ जसले २२.५ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ ।

हनर एक्स १० फाईभजिकाे विशेषता

  • Display: 6.63 inches LTPS IPS LCD capacitive touchscreen
  • Screen Resolution: 1080 x 2400 pixels, 90Hz refresh rate 
  • Chipset: Kirin 820 5G
  • GPU: Mali-G57 
  • Storage and Memory: 64GB 6GB RAM, 128GB 6GB RAM, 128GB 8GB RAM
  • Rear Camera: Triple Camera
    • 40 MP f/1.8 main sensor
    • 8MP f/2.4 ultrawide lens
    • 2 MP f/2.4 (Depth Sensor)
  • Front Camera: Motorized pop-up 16 MP, f/2.2
  • Battery: Non-removable Li-Po 4300 mAh battery; 22.5W fast Charging
  • Colors: Blue, Orange, Black, Silver

नेपाली बजार मुल्य

हनर एक्स १० फाईभजि चीनमा सार्वजनिक भईसकेको छ भने यो विश्वव्यापि रुपमा २६ मे मा सार्वजनिक हुने बताईएको छ । यसको हनर एक्स १० फाईभजि ६ जिबि र्याम र ६४ जिबि ईन्टरनल स्टोरेजको चिनिँया मुल्य १ हजार ८ सय ९९ युवान रहेको छ । आधिकारीक रुपमा यसको मुल्य र सार्वजनिक गर्ने मिति तय नभएता पनि यसको ६ जिबि र्याम र ६४ जिबि ईन्टरनल स्टोरेजको अनुमानित मुल्य ३२ हजार ९ सय ९० रुपैंया रहेको छ ।

  • ६ जिबि र्याम + ६४ जिबि स्टाेरेज – १,८९९ युवान (~$२६७) करिब रु. ३२,९९०
  • ६ जिबि र्याम + १२८ जिबि स्टाेरेज – २,१९९ युवान (~$३०९) करिब रु. ३७,९९०
  • ८ जिबि र्याम + १२८ जिबि स्टाेरेज – २,३९९ युवान (~$३३७) करिब रु. ४०,९९०
Honor हनर मुल्यसुची मुल्य विवरण

Post Comments