• News
  • नेपालमा २० हजार भन्दा कम मुल्यमा पाईने बेस्ट स्मार्टफोन (२०२० अपडेट)

नेपालमा २० हजार भन्दा कम मुल्यमा पाईने बेस्ट स्मार्टफोन (२०२० अपडेट)

GadgetFrame 25 Apr, 2020

काठमाडौं । नेपाली मोबाइल बजारमा बिभिन्न ब्राण्डका फरक फरक मोबाइल फोनहरु पाइने गर्दछ । बजारमा १ हजार देखि लिएर १ लाख भन्दा बढी मुल्यका मोबाइलफोनहरु भेटिने गर्दछन् । जसले गर्दा धेरै मानिसहरुलाई आफुले चाहेको जस्तो मोबाइल खोज्न तथा खरिद गर्न समस्या भइरहेको पाइन्छ ।

मोबाइल प्रयोगकर्ताहरुको मोबाइल सम्बन्धि यस्ता समस्याहरुलाई समाधान गर्ने उद्देश्यले ग्याजेफ्रेम डट कम संचानल गरिएको हो । जहाँ मानिसहरुले मोबाइल सम्बन्धि सम्पुर्ण जानकारीहरु प्राप्त गर्न सक्नेछन् । सथै यस साइटमा मानिसहरुले मुल्यको आधारमा फोन खोज्न तथा फरक फोनहरु एकैपटक तुलना गरेर हेर्न पनि सक्छन् ।

के तपाई कम मुल्यमा बेस्ट स्मार्टफोनकाे खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने प्रस्तुत छ बजारमा पाईने २० हजार भन्दा कम पर्ने बेस्ट स्मार्टफोनमा ग्याजेटफे्रम सुची–

१. सायोमी रेडमी नोट ८

सायोमी रेडमी नोट ८ बीस हजारमा आउने मध्येको निकै नै उत्कृष्ट मोबाईले मध्ये एक हो भन्दा फरक नर्पला । यो नेपालमा लोकप्रिय भएको रेडमी नोट ७ को नयाँ सिरिज हो । 

हेर्दा निकै आर्कषक देखिने यो स्र्माटफोनको कुरा गर्नुपर्दा यसको अगाडी र पछाडी दुवै भाग ग्लासले बनेको छ । यसमा भएको गोरीला ग्लासले फोनलाई स्क्रयाच हुनबाट जोगाउँछ । यसमा ६.३ एपिएसको एलसिडी डिस्पलेको साथै १०८०*२३४० का पिक्सेलको एचडी रिजोलुसन रहेको छ जसको सहयोगले उत्कृष्ट क्वालिटीको भिडियो हेर्न सकिन्छ । 

Redmi Note 8 Price in Nepal

यसमा ४८ मेगापिक्सलको ४ वटा क्यामरा रहेको छ जसअन्तगर्त ४८ मेगापिक्सलको प्राईमेरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा वाईट एंगल क्यामरा, २ मेगापिक्सलको म्याक्रो लेन्स क्यामरा र २ मेगा पिक्सलको डेप्थ सेन्सर क्यामरा रहेको छ । यस्तै सेल्फीको लागि यसमा १३ मेगापिक्सलको क्यामरा रहेको छ । 

यसमा अक्टाकोरको ११ एनएम क्वालकम स्न्याप ड्रयागन ६६५ चिपसेटको जसमा ४ जिबी र ६ जिबीको र्यामको प्रयोग गरिएको छ । करिब करिब साओमी नोट ८ प्रो सँग मिल्न जाने यसको ब्याट्रि पनि ४ हजार एमएचको रहेको छ ।

६४ जिबीको सायोमी रेडमी नोट ८ को नेपाली बजार मुल्य १८ हजार ९ सय ९९ रुपैंया रहेको छ भने १२८ जिबीको मुल्य २३ हजार ९ सय ९९ रुपैंया रहेको छ ।

२. सामसङ ग्यालेक्सी ए २० एस

पछिल्लो समय सामसङको ग्यालेक्सी ए २० एस कम बजेटमा किन्न सकिने मध्येको बेस्ट स्र्माटफोन मध्ये एक हो । 

६ं.५ ईन्चको एचडी डिस्पले भएको यस स्मार्टफोन पछाडी तीन वटा क्यामरा (१३ मेगापिक्सलको प्राईमेरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाईड सेनसर र ५ मेगा पिक्सलको डेप्थ सेन्सर) रहेको छ । यस अघिको ए २० मा भने मात्र दुई वटा क्यामरा रहेको थियो ।

galaxy a20s design

४ हजार एमएचको ब्याट्री सहित निकै छिटो चार्ज हुने यसको विशेषता हो । यसमा १.८ जिएचजेडको अक्टा कोर प्रोसेसर र ४ जिबीको र्याम राखिएको छ । ६४ जिबीको सामसङ ए २० एस को बजार मुल्य १९ हजार ९ सय ९९ रुपैंया रहेको छ भने ३२ जिबीको मुल्य भने १८ हजार ९ सय ९९ रुपैंया रहेको छ । 

३. रेडिमी नोट ७

६.३ आईपिएस एलसिडी स्क्रिन सहित १०००*२३४० पिक्सेल सहितको रिजोलुसन भएको रेडिमी नोट ७ कम बजेटमा पाईने अर्को आर्कषक स्मार्टफोन हो ।
३ जिबी र्याम र ३२ जिबी ईन्टरनल स्टोरेज सहित यो बजारमा उपल्ब्ध छ । 

यसमा पछाडी ४८ मेगापिक्सलको प्राईमेरी क्यामरा र ५ मेगा पिक्सलको डेप्थ सेन्सर क्यामरा गरेर दुईवटा क्यामरा रहेको छ । साथै यसमा १३ मेगापिक्सलको सेल्फी क्यामरा पनि रहेको छ । 

४. सामसङ ग्यालेक्सी ए २०

२० हजारभन्दा कम मुल्यमा पाईने मध्येको उत्कृष्ट स्मार्टफोनको सुचीबाट सामसङ ग्यालेक्सी ए २० लाई छुटाउनै मिल्दैन । ३२ जिबीको ईन्टरनल स्टोरेज मात्र १८ हजार ४ सय ९० मा पाईने यस स्मार्टफोनमा आर्कषक ६.३ ईन्चको डिस्प्ले स्क्रिन रहेको छ । 

samsung galaxy a20

१५०० एमएचको यसको ब्यट्रि दुईदिनसम्म टिक्ने सामसङ दाबी गर्दछ । यसमा पछाडी १३ मेगा पिक्सलको प्राईमेरी क्यामरा सहित ५ मेगा पिक्सल सहितको अल्ट्रा वाईड क्यामरा रहेको छ । यसमा ८ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ । 

५. साओमीको रेडिमी वाई ३

साओमीको रेडिमी वाई ३ अप्रिल २०१९ मा बजारमा आएको हो । यसको डिस्प्लेको कुरा गर्नुपर्दा यसको स्क्रिन ६.२ ईन्चको रहेको छ भने २.५ डि को कर्भड ग्लास र स्क्रयाच हुनबाट जोगाउनको लागि क्वरनिङ गोरीला ग्लास ५ को प्रयोग गरिएको छ । यसमा ३ र ४ जिबीको र्याम प्रयोग गरिएको छ ।

 Redmi Y3 Price in Nepal

यसको पछाडी १३ मेगापिक्सल र २ मेगापिक्सलको दुईवटा क्यामरा रहेको छ । यसको ब्याट्रि पनि ४००० एमएचको रहेको छ ।

६‍. साओमी एमआई एटुलाइट

साओमी एटुलाइट २० हजार भन्दा कम मुल्यमा पाईने उत्कृष्ट फोन हो भन्नेमा कुनै दुविधा छैन । फोनको आकर्षक फिचरहरुमध्ये यसमा भएको २ वटा ब्याक क्यामेरा पनि पर्दछ । अझै यसमा भएको स्नेपड्रेगन ६२५ यसकाे अर्को मुख्य आकर्षण हो ।

यसमा ३ जिबी र्याम तथा ३२ जिबी एक्सपानडेबल स्टोरेज क्षमताका साथै ४००० एमएएच ब्याट्री पावर रहेको छ ।

 ७‍. सामसङ ग्यालेक्सी एमट्वान्टी

सामसङ नेपाली मोबाइल बजारमा एक परिचीत नाम मध्यमा पर्दछ । जसले बजारमा राम्रै हिस्सा ओगटेको छ । हालसालै मात्र लञ्च भएको एमट्वान्टी २० हजारभन्दन कम मुल्यमा पाइने मोबाइलहरुमध्य उत्कृष्ट मोबाइलमा पर्दछ । ६.३ इन्चको आकर्षक डिस्प्ले भएको यस मोबाइलको टपमा सानो वाटरड्रप नच रहेको छ । 

यसमा ३ जिबीकाे र्याम तथा ३२ जिबीकाे एक्सपानडेबल स्टोरेज क्षमताकाे साथै ५००० एमएएच ब्याट्री पावर रहेको छ । यसले फास्ट चार्ज पनि सर्पोट गर्दछ।

 २०,०००  भन्दा  कम  मूल्यका  फोनहरु 

 मूल्यसुची 
 १. सायोमी रेडमी नोट ८

 ६४ जिबी- १८,९९९

 १२८ जिबी- २३,९९९

 २. सामसङ ग्यालेक्सी ए २० एस  १९,९९०
 ३. रेडिमी नोट ७  १९,९९९
 ४. सामसङ ग्यालेक्सी ए २०  १९,४९०
 ५. साओमीको रेडिमी वाई ३  १७,९९९
 ६‍. साओमी एमआई एटुलाइट  १९,९९९
 ७‍. सामसङ ग्यालेक्सी एमट्वान्टी  १८,४९०
under20000

Post Comments