काभिड–१९ बिच स्मार्टफोनको विश्व बजार: सामसङ अझै पनि पहिलो स्थानमा, एप्पल बजार सेयर बढाउन सफल

काठमाडौ । कोभिड–१९ ले विश्वको अर्थतन्त्रलाई खस्काएको छ र यसको ठुलो असर परेको क्षत्रमध्ये स्मार्टफोनको बजार पनि एक हो । अन्तराष्ट्रिय डाटा कोर्पोरेशन (आईडिसी) को अनुसार गत वर्षको सोही अवधिको तुलनामा २०२० को पहिलो त्रैमासिकमा स्मार्टफोन किन्ने दर ११.७ प्रतिशतले घटेको छ ।
आईडिसी स्मार्टफोनको बजार अवस्था, परामर्श सेवा, उपभोक्ता र प्रविधीको बजार अवस्थाको बारेमा जानकारी दिने निकै उत्कृष्ट अन्तराष्ट्रिय कम्पनि हो ।
यद्यपी स्मार्टफोन बजारमा अग्रपंक्तिमा रहेका कम्पनिहरुको सेयर अझै पनि सुचीको उच्च स्थानमा नै रहेको छ ।
उक्त सुचीमा पहिलो र दोस्रोमा स्थानमा रहेका सामसङ र हुवावेले यस वर्ष केही मात्रामा बजार सेयर गुमाएको छ । आईडिसीको रिपोर्ट अनुसार सामसङ अझै पनि सबैभन्दा धेरै २१.१ प्रतिशत बजार सेयर सहित विश्व स्मार्टफोन बजारको पहिलो स्थानमा छ ।
२०१९ को पहिलो त्रैमासिकमा सामसङको बजार सेयर २३ प्रतिशत थियो । हुवावेको बजार सेयर हाल १७.८ प्रतिशत रहेको छ जुन पछिल्लो वर्ष १८.९ प्रतिशत रहेको थियो ।
यसै बिचमा अमेरिकी स्मार्टफोन कम्पनि एप्पले भने कोरोनाको त्रासको बिचमा आफ्नो बजार सेयर बढाउन सफल भएको छ । तेस्रो स्थानमा रहेको एप्पलको बजार सेयर १३.३ प्रतिशत रहेको छ जुन पछिल्लो वर्ष ११.८ प्रतिशत रहेको थियो ।
गत वर्षको दाँजोमा यस वर्ष बजार सेयर बढाउन सफल अर्को चिनियाँ कम्पनि साओमि हो । यो सुचीको चौंथो स्थानमा रहेको छ । यसको बजार सेयर ८.७ प्रतिशत देखि बढेर १०.७ प्रतिशत भएको छ ।
सुचीमा यस वर्ष अर्को चिनियाँ कम्पनि थपिएको छ । चिनियाँ कम्पनि भिभोले पहिलो पल्ट पाँचौं स्थानमा आफ्नो ठाउँ बनाउन सफल बनेको हो । भिभोले आफ्नो बजार सेयर बढाएर यस वर्ष ९ प्रतिशत पुराएको छ । यसको पछिल्लो वर्षको बजार सेयर ७.४ प्रतिशत रहेको थियो । अन्य ब्राण्डका स्मार्टफोनहरुको कुल बजार सेयर २८ं.१ प्रतिशत रहेको छ ।
स्मार्टफाने कम्पनिहरुको हाईलाईटहरु
१. सामसङ
२०२० को पहिलो त्रैमासिको रिपोर्टे अनुसार सामसङले ५ करोड ८३ लाख स्मार्टफाने बेच्न सफल भई फेरी आफ्नो पहिलो स्थानमा फर्कन सफद भएको हो । यसको बजार सेयर घटेर १८.९ प्रतिशतसम्म पुगेको थियो भने हाल २१.१ प्रतिशत बजार सेयर सहित पहिल स्थानमै छ । यसकै हालसम्मकै महँगो र उत्कृष्ट स्मार्टफोन सामसङ ग्यालेक्सी एस २० सार्वजनिक भएपनि यसले ए सिरिजलाई विस्तार गर्दा यो सम्भव भएको हो । तर सामसङले उनीहरुको अहिलेसम्मकै महँगो फोन ग्यालेक्सी एस २० यसको मुख्य श्रोत रहेको बताएका छन् ।
२. हुवावे
२०२० को पहिलो त्रैमासिकमा हुवावेले ४ करोड ८० लाख स्मार्टफोन बेच्न सफल भएको छ । पछिल्लो वर्षको यसले ५ करोड ८० लाखभन्दा बढि स्मार्टफोन बेच्न सफल भएको थियो । त्यसैले यसको बजार सेयर १८.९ प्रतिशत देखि घटेर १७.८ प्रतिशत भएको हो ।
यद्यपी यो सुचीको दोस्रो स्थानमै रहेको छ । मेट ३० र पि ३० को सुरुमै मुल्य घटाउनुको साथै हनर भि३० एक्स र ९ एक्सको मार्केटिङमा भएको अफलाईन अनलाईन च्यानल मिक्सले यसलाई कडा लकडाउनको बेला पनि मानिसहरु हातमा पुग्न सफल र आफ्नो स्थान बनाईराख्न सक्षम बनाएको छ ।
३. एप्पल
अमेरिकी कम्पनि एप्पलले २०२० को पहिलो त्रैमासिकमा ३ करोड ६७ लाख स्मार्टफोन बेच्न सफल भएको छ जसले यसलाई तेस्रो स्थानमा रहन सफल बनाएको छ । पछिल्ले वर्षमाकै संख्यामा स्मार्टफोन बेचेर एप्पलले आफ्नमे बजार सेयर ११.८ बाट १३.३ प्रतिशत बनाउन सफल बनेको छ ।
यसको बिक्रि हरेका वर्ष ०.४ प्रतिशतले मात्र घटिरहेको थियो जुन सुचीमा भएको अन्य तीन कम्पनिको गिरावटको दाँजोमा निकै कम हो । यो यसको आईफोन ११ सिरिज सफलता र यसको हालै सार्वजनिक भएको कम बजेटको आईफोन एसई २०२० को कारणले सम्भव भएको हो ।
४. साओमि र भिभो
निकै राम्रो गतिमा बजारमा विस्तार भईरहेको साओमिले यस वर्षको पहिलो त्रैमासिकमा २ करोड ९५ लाख स्मार्टफोन बेच्न सफ भएको छ । यस्तै भिभोले २ करोड ४८ लाख स्मार्टफोन बेच्न सफल भएको छ ।
पछिल्लो वर्षको पहिलो त्रैमासिकको दाँजोमा सिओमिको बिक्रि ६.१ प्रतिशतले बढेको छ भने भिभोको ७ प्रतिशतले बढेको छ । यो दुई कम्पनि भारतको टप स्मार्टफोन कम्पनिहरु हुन् । भिभोले भारतमा सामसङलाई पछि पार्दै माथि उक्लन सफल बनेको छ ।
Post Comments